PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

'डेस्टिनेसन काठमाडौं' रिलिज टार्गेट तय, छैनन् निर्देशक नै



पहिलोपोस्ट

'डेस्टिनेसन काठमाडौं' रिलिज टार्गेट तय, छैनन् निर्देशक नै

काठमाडौं:  स्वर्गीय निर्देशक दीपक रायमाझीको अन्तिम प्रोजेक्ट 'डेस्टिनेशन काठमाडौं'को रिलिज मिति तय भएको छ। फिल्म चैत २ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्देशकको निधनपछि फिल्म युनिट नेपाल प्रदर्शन अन्यौलतामा रहेको थियो।

प्रोजेक्ट सुरु भएको ७ वर्षपछि फिल्म नेपालमा रिलिज हुने भएको हो। फिल्म इन्डिया, अमेरिका र अस्ट्रेलियाका केही सहरहरुमा भने देखाइसकेको छ। जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको फिल्मले पर्यटन विकासको महत्वको कथा भन्छ।

निर्देशक रायमाझीको निधनपछि मधुसुदन भट्टराईको कार्यकारी निर्देशनमा फिल्म पूरा यो। फिल्ममा दीलिप रायमाझी, झरना थापा, सहारा मावबे, केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रबि गिरी, बिकास चापागाई, नरेन्द्र थापा, रामचन्द्र अधिकारी, रश्मी भट्ट, रोशनी सापकोटाका साथै बालकलाकार सृजेश अधिकारी, सत्यम अधिकारी र युनिशा लामीछाने लगायतको अभिनय रहेको छ।

राजु थापा र सौरभ लामाले खिचेको फिल्ममा निखिल बिश्वास, रमेश खड्का र राजन तिमिल्सिनाको संगीत छ। 

फिल्मका निर्देशक रहेका दीपक रायमाझीको सन् २०११ मा हृदयघातका कारण निधन भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell