PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

'डिट्ठा साब'को चङ्गा जेठ २५ मा उड्ने



पहिलोपोस्ट

'डिट्ठा साब'को चङ्गा जेठ २५ मा उड्ने

काठमाडौं: फिल्म 'चङ्गा'को प्रदर्शन मिति सार्वजनिक भएको छ। किशोर भण्डारी उर्फ डिट्ठा साब निर्देशित फिल्म आउँदो जेठ २५ गतेबाट प्रदर्शनमा आउने भएको हो।

छायाँकन सकिएको फिल्म 'चङ्गा' पोस्ट प्रोडक्सन फेजमा छ। कमेडी जनराको फिल्मले पारिवारिक तथा सामाजिक कथा भन्छ। 'चङ्गा'लाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको फिल्ममा पैसाको समस्यापछि ग्रामिण भेगको युवाको जीवनमा आउने उतार चढावलाई जोडिएको छ।

रविन आचार्यले खिचेको फिल्ममा बुद्धी तमाङ, कमलमणि नेपाल, राजन खतिवडा, रेश्मा तिमल्सिना 'बुनु मैंचा', अंकित खड्का, लक्ष्मी बर्देवा, प्रेमबर्षा खड्का लगायत अभिनयमा छन् भने बाल कलाकार लकी भण्डारी फिल्ममा मुख्य भुमिकामा प्रस्तुत छन्।

कन्टिन्यूयस मुभी मेकर्स प्रालीको ब्यानरमा बनेको 'चङ्गा'मा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell