PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

डीपीएल अक्सन : मेहबुब आलम बिकेनन्, कुन खेलाडी कतिमा बिके?



पहिलोपोस्ट

डीपीएल अक्सन : मेहबुब आलम बिकेनन्, कुन खेलाडी कतिमा बिके?

काठमाडौं : धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, बसन्त रेग्मी, सागर पुन र आरिफ शेख सबैभन्दा महँगा खेलाडी बनेका छन्।

बुधवार दरबारमार्गस्थित अन्नुपर्ण होटबलमा सम्पन्न अक्सनबाट सहभागी ६ टोलीले १२-१२ खेलाडी किनेका हुन्।

क्याटेगोरी ए मा रहेका यी चार खेलाडी म्याक्सिमम बिड १ लाख ५० हजार बिक्री भएका हुन्।

प्रतियोगितामा प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी किन्नुपर्ने प्रावधान थियो जसका लागि ११ लाख रकम छुट्याइएको थियो।यसअघि नै सहभागी ट टिमले एक-एक रणनीतिक खेलाडी छनोट गरिसकेका छन्। अब प्रत्येक टिमले २-२ विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने प्रावधान छ।

करण र आरिफलाई महेन्द्रनगर युनाइटेडले, सागर पुनलाई रुपन्देही च्यालेन्जर्स तथा बसन्त रेग्मीलाई विराटनगर किंग्सले खरिद गरेको हो।

करण केसीलाई सहभागी ६ वटै टिमले बिड गरेकोमा महेन्द्रनगरले खरिद गर्‍यो।

अक्सनमा नाम दर्ता गराएका कूल १८७ खेलाडीलाई चार समूहमा विभाजन गरेर अक्सन गरिएको थियो।

जसअन्तर्गत क्याटेगोरी ए मा रहेका १६ मध्ये ११ खेलाडी पहिलो चरणमा बिके। यसैगरी पहिलो चरणमा नबिकेका यस क्याटेगोरीका मन्जित श्रेष्ठ दोस्रो राउण्डमा बिके। उनलाई विराटनगर किंग्सले ७५ हजार बेस प्राइजमा पायो।

यस्तै क्याटेगोरी ए मा रहेका मेहबुब आलम, सन्जम रेग्मी, चन्द्र साउद र राउल विक बिकेनन्।

अक्सनमा क्याटेगोरीमा ए मा १६, क्याटोगोरी बी मा ६७, क्याटोगोरी सी मा ९२ तथा क्याटोगरी डी मा १२ गरी कूल १८७ खेलाडी सहभागी थिए।

यसैगरी राष्ट्रिय टिमबाट खेलिसकेका राजु रिजाल, दीपेश श्रेष्ठ पहिलो चरणमा बिकेका थिएनन् तर पछि टिमले उनीहरुको नाम विसलिस्टमा राखेर किनेको थियो।

धनगढीमा आगामी चैत १७ देखि २०७५ साल बैशाख १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महेन्द्रनगर युनाइटेड, टिम चौराह धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन्।

सहभागी ६ टिमको रणनीतिक खेलाडी यसअघि नै छनोट भइसकेका छन्। जसअन्तर्गत महेन्द्रनगरको विनोद भण्डारी, चौराहाका सोमपाल कामी, अत्तरियाका दीपेन्द्रसिंह ऐरी, रुपन्देहीका शक्ति प्रसाद गौचन, काठमाडौंका ज्ञानेन्द्र मल्ल र विराटनगरका पारस खड्का छन्।

प्रतियोगिताको विजेताले २५ लाख हात पार्नेछन् भने उपविजेताले १०, तेस्रो हुने तीन र चौथो हुनेले दुई लाख प्राप्त गर्नेछन्।













@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell