PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

यी हुन् डीपीएलमा सबै छ टिमले बिड गरेका ३ खेलाडी



पहिलोपोस्ट

यी हुन् डीपीएलमा सबै छ टिमले बिड गरेका ३ खेलाडी

काठमाडौं : धनगढी प्रिमियर लिग डीपीएलको बुधवार सम्पन्न अक्सनबाट कूल ७२ खेलाडी लिलामी भएका छन्। १८७ खेलाडीलाई विधिन्न चार क्याटेगोरीमा विभाजन गरिएर अक्सन गरिएको थियो।

अक्सनमा केही चर्चित खेलाडीलाई दुई वा सो भन्दा बढी टिमले बिड गरेको थियो र भाग्यमानी टिमले आफूले चाहेको खेलाडी 'लोटरी'बाट पायो।

जसअन्तर्गत राष्ट्रिय टिमका करण केसी र रोहित कुमार पौडेल तथा अनक्याप्ड खेलाडी अमर सिंह राउटेला यस्ता खेलाडी बने जसलाई सहभागि ६ वटै टिमले बोली लगाएको थियो।

नामिबियामा भएको डिभिजन टू मा क्यानडा विरुद्ध शनसनी प्रदर्शन गरेका करण केसीलाई सबै टिमले अधिकतम १ लाख ५० हजारसम्म बोली लगाएपछि गोलप्रथा गरियो र भाग्यमानी बन्यो महेन्द्रनगर युनाइटेड।

यस्तै क्याटेगोरी बी मा रहेका रोहितलाई पनि ६ वटै टिमले अधिकतम १ लाखसम्मको बोली लगाएको थियो यसमा पनि महेन्द्रनगर भायमानी बन्यो।  करणको न्युनतम मुल्य ७५ हजार थियो भने रोहितको ५० हजार थियो।

यस्तै न्युनतम मुल्य २५ हजार रहेको क्याटेगोरी सी का अमरसिंहलाई पनि ६ वटै टिमले अधिकतम ५० हजारको बोली लगायो। रुपन्देही च्यालेन्जर्सले अमरसिंहलाई लोटरीमार्फत पायो।

यसैगरी जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायर खेल्ने नेपाली टोलीमा छनोट भएका स्पीनर ललित नारायण राजवंशीलाई ५ टिमले अधिकतम १ लाख सम्मको बोली लगाएको थियो। यसमा काठमाडौं गोल्डेन्स भाग्यमानी बन्यो।

बुधवार भएको अक्सनमा करण केसीसँगै, बसन्त रेग्मी, सागर पुन र आरिफ शेख सबैभन्दा महँगा खेलाडी बने। अक्सनबाट सहभागी ६ टोलीले समान १२ खेलाडी किनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell