PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

तराईंमा 'संरक्षण' रि-रिलिज



पहिलोपोस्ट

तराईंमा 'संरक्षण' रि-रिलिज

काठमाडौं: फिल्म 'संरक्षण' पुन: रिलिज हुने भएको छ। बाढीको प्रभावका कारण फिल्मको साउन २७ मा भएको रिलिजले निर्माण युनिटलाई व्यवसायिक धक्का दिएको थियो। तर अब फेरी दर्शकले संरक्षण हलमा हेर्न पाउने भएका छन्।

फिल्म फागुन १७ गतेबाट तराईंमा रि रिलिज हुने भएको हो। विराटनगर, जनकपुर, राजविराज, गौर, विरगञ्जलगायत ८ जिल्लामा फिल्म रि-रिलिज गरिने निर्माता प्रदीप कुमार उदयले जानकारी दिए।

फिल्ममा निखिल उप्रेती र सौगात मल्लाले पहिलोपटक एकसाथ काम गरेका छन्।  फिल्मले राजनीतिक घटनाक्रमले मधेसको सामाजिक अवस्थामा पार्ने असरको कथा भन्छ।

पूर्णेन्द्रकुमार झाको निर्देशनमा बनेको फिल्ममा निखिल उप्रेती र सौगात मल्लसँगै कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, अशिष्मा नकर्मी लगायतकोको मुख्य भूमिका रहेको छ। प्रदिपकुमार उदय र नरेन्द्र महर्जनको निर्माण रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्। फिल्ममा हिमाल केसीको एक्सन छ, परवेश मल्लिकको संगीत रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell