PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

डीपीएल अक्सनमा धेरै खर्च गर्ने विराटनगर किंग्स, कम खर्च गर्ने टोलीमा सिवाईसी अत्तरिया



पहिलोपोस्ट

डीपीएल अक्सनमा धेरै खर्च गर्ने विराटनगर किंग्स, कम खर्च गर्ने टोलीमा सिवाईसी अत्तरिया

काठमाडौं : धनगढी प्रिमियर लिग डीपीएलको अक्सनमा कूल १२ खेलाडी खरिद गर्नको लागि आयोजक धनगढी क्रिकेट एकेडेमीले सहभागी टिमलाई ११ लाखसम्म खर्च गर्न पाउने प्रावधान राखेको थियो। बुधवार सम्पन्न अक्सनमा सहभागी ६ वटै टिमले १२-१२ खेलाडी खरिद गरे तर कुनै टिमले पनि सबै रकम खर्च गरेनन्।

यद्यपी सबैभन्दा धेरै खर्च गर्नेमा राष्ट्रिय टिमका कप्तान पारस खड्का रणनीतिक खेलाडी रहेको टोली विराटनगर किंग्स बन्यो। विराटनगरले ११ लाख मध्ये ९ लाख ९५ हजार खर्च गर्दा १ ख ५ हजार मात्र बचायो। विराटनगरले एक खेलाडीलाई १ लाख ५० हजार, एक खेलाडीलाई १ लाख २० हजार तथा ५ खेलाडीलाज्ञ १ लाखमा किनेको हो।

यसैगरी सबैभन्दा कम खर्च गर्ने टोली दीपेन्द् सिंह ऐरी रणनीतिक खेलाडी रहेको सिवाईसी अत्तरिया रह्यो। अत्तरियाले ७ लाख २० हजार मात्र खर्च गर्दै सर्वाधिक ३ लाख ८० हजार बचायो। अत्तरियाले १२ मध्ये दुई खेलाडीलाई मात्र १-१ लाख खर्च गर्दा अन्य खेलाडी त्यो भन्दा सस्तोमा भित्र्यायो।

यसैगरी दोस्रो धेरै खर्च गरेको महेन्द्रनगर युनाइटेडले ९ लाख १५ हजार खर्च गर्दा १ लाख ८५ हजार बचायो। रुपन्देही च्यालेन्जर्सले ८ लाख ७० हजार खर्च गर्दै २ लाख ३० हजार बचायो भने काठमाडौं गोल्डेन्सले ८ लाख ३५ हजार खर्च गर्दा २ लाख ६५ हजार बचायो। यस्तै टिम चौराह धनगढीले ७ लाख ५५ हजार खर्च गर्दै ३ लाख ४५ हजार बचायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell