PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

डीपीएल अक्सन : अनिल मण्डल र महेश क्षेत्रीले नाम नै दर्ता गरेनन्, यी खेलाडी जो बिकेनन्



पहिलोपोस्ट

डीपीएल अक्सन : अनिल मण्डल र महेश क्षेत्रीले नाम नै दर्ता गरेनन्, यी खेलाडी जो बिकेनन्

काठमाडौं: बुधवार सम्पन्न डीपीएल अक्सनमा केही चर्चित खेलाडीहरु बिकेनन्। उनीहरुलाई सहभागी कुनै टोलीले पनि बोली लगाएनन्। यस सूचीमा आउने सबैभन्दा चर्चित नाम हो मेहबुब आलम।

गत सिजन सबैभन्दा महाँगा खेलाडी बनेका यी कीर्तिमानी अलराउण्डर यस पटक क्याटगोरी ए मा समावेश थिए। तर उनलाई यसपटक डीपीएल खेल्ने साइत जुरेन।

यसअघि फ्रेनचाइज टुर्नामेन्टको क्याटगोरी ए मा रहेर पनि बिक्न मुस्किल परेका महेश क्षेत्री र अनिल मण्डलले भने यसपटक अक्सनमै नाम दर्ता गराएनन्। आयोजकले उपलब्ध गराएको अक्सनको सूचीमा यी दुई खेलाडीको नाम थिएन। यस्तै अप्रिल ८ बाट हुने आइपीएलका लागि दिल्ली डेयर डेभिल्समा अनुबन्ध भएका सन्दीप लमिछाने र बाबु बन्न लागेका शरद भेषावरकले डीपीएल खेल्ने छैनन्।

यस्तै क्याटेगोरी ए मै रहेका सन्जम रेग्मी, चन्द्र साउद र राहुल विक पनि बिकेनन्। यसै क्याटेगोरीमा रहेका मन्जित श्रेष्ठ पहिलो चरणमा बिकेका थिएनन् तर उनलाई पछि विराटनगर किङ्सले न्युनतम मुल्य ७५ हजारमा टिम भित्र्यायो।

क्याटेगोरीमा रहेका हसिम अन्सारी पनि बिकेनन्। पिएमकप लगायत लोकल टुर्नामेन्टहरुमा राम्रो प्रदर्शन गरेपनि फ्रेन्चाइज टुर्नामेन्टहरुमा भने हसिमलाई कुनै टिमले बोली लगाएनन्।

यसैगरी क्याटेगोरी बी मा केही चर्चित खेलाडी समेत यसपटक अक्सनमा बिकेनन्। जसमम विक्रम सोब, प्रकास केसी, राजविर सिंह, जितेन्द्र सिंह ठकुरी, भिम शार्की, सुशान्त सिंह थापा, सुबेन्द्र पाण्डे, हिमान्शु दत्त, आदिल खान, नन्दन यादव, रुपेश श्रीवास्तव, नुरध्वज शेन, इर्शाद अहेमद तथा यू-१९ राष्ट्रिय टोलीका प्रतिश जिसी र रित गौतम छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell