PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

राष्ट्रपतिलाई तरुण दलले बुझायो संविधान:  राम्रोसँग पढेर गल्ती सच्याउन सुझाव

राष्ट्रपतिलाई तरुण दलले बुझायो संविधान:  राम्रोसँग पढेर गल्ती सच्याउन सुझाव

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालको संविधान बुझाएको छ।

आज तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको टोलीले राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै ज्ञापनपत्रसहित संविधान बुझाएको हो।
दिउँसो ४ बजे राष्ट्रपति कार्यालयमा अध्यक्ष बस्नेत, महासचिव भूपेन्द्रजंग शाही, काठमाडौं तरुण दलका अध्यक्ष कृष्णजी खड्कासहितको पाँच जनाको टोलीले संविधान बुझाएको हो।

संविधान राष्ट्रपति कार्यालयका कर्माचारीले बुझेको अध्यक्ष बस्नेतले जानकारी दिए।

हामीले संविधान र विज्ञप्ति राष्ट्रपतिका कर्माचारीलाई बुझायौं, उहाँलाई राम्रोसँग संविधान पढ्न भन्नुहोला भन्यौ। संविधान पढेर उहाँले गल्ती सच्याउनुहुनेछ भन्ने हाम्रो विश्वास छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका राष्ट्रिय सभाका उम्मेदवारलाई सदस्यमा सिफारिस गरेकोमा कांग्रेस र यसका भातृ संगठनले विरोध जनाउँदै आएको छ। 

संविधान बुझाउनुअघि तरुण दलले जुलुश तथा कोणसभा आयोजना गरेको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell