PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

महिला राष्ट्रिय क्रिकेट : एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात



पहिलोपोस्ट

महिला राष्ट्रिय क्रिकेट : एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

धनगढी : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिम र विभागीय टोली एपीएफले विजयी सुरुवात गरेका छन्।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना र कैलाली जिल्ला खेलकुद विकास समितीको व्यवस्थापनमा भएको प्रतियोगिताको उद्धघाटन खेलमा सुदूरपश्चिमले पश्चिामचललाई ५ विकेटले पराजित गरेको हो। अर्को खेलमा एपीएफले मध्यपश्चिमलाई १० विकेटको फराकिलो अन्तरले हरायो।

धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको पश्चिमाञ्चलले २० ओभर खेल्दै ९ विकेट गुमाएर ७३ रन बनाएको थियो। पश्चिमाञ्चलका लागी बर्षा रानाले १४ र सरस्वती पुनले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन्। पश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा सुदट्ठरपश्चिमकी लक्ष्मी साउदले ३ र कविता जोशीले २ विकेट लिईन्।

७४ रनको विजयी लक्ष्य सुदूरपश्चिमले १७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। सुदूरपश्चिमका लागि विमला भट्टले १८ र कप्तान मञ्जु वोगटीले १२ रन बनाइन्। पश्चिमाञ्चलकी सरस्वती पुनले ३ विकेट लिईन्। खेलको नेपाल वेष्टर्न कलेज वुमेन अफ द म्याच सुदूरपश्चिमकी लक्ष्मी साउँद भईन्। 

दोश्रो खेलमा टस जितेर ब्याटिङ गरेको मध्यपश्चिम एपीएफको कसिलो बलिङसामु टिक्न नसक्दा १८.४ ओभरमा ३६ रनमै अलआउट भयो। १० रन अतिरिक्त पाएको मध्यपश्चिमका लागी गीता गोसाईले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। मध्यपश्चिमलाई सस्तैमा समेट्न एपीएफकी रितु कनौजीयाले ४ विकेट लिईन्।

३७ रनको झिनो लक्ष्य एपीएफले ४.५ ओभरमा विना क्षती भेट्टायो। एपीएफकी ओपनर ज्योती पाण्डेले १७ र सीता राना मगरले १२ रन बनाइन्। नेपाल वेष्टर्न कलेज वुमेन अफ द म्याच एपीएफकी रितु कनौजीया भईन्।

राखेपका सदस्य सचिव केशव विष्टले ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए। सदस्य सचिव विष्टले फाप्ला क्रिकेट मैदानमा प्याराफिट निर्माणका लागी बजेट विनीयोजन गर्ने बताए।

प्रतियोगिताअन्तर्गत बिहीवार मध्यामञ्चल र पश्चिमाञ्चल तथा एपीएफ र पुर्वाञ्चलबीच खेल हुने छ। प्रतियोगितामा ५ विकास क्षेत्र र एक विभागीय गरी ६ टीमकव सहभागीता छ। विजेताले ५ लाख र उपविजेताले नगद २ लाख पाउनेछन्। प्रतियोगिताको मुख्य प्रायोजक सगरमाथा सिमेन्ट रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell