PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बास्केटबल लिग : आर्मीको लगातार तेस्रो जित



पहिलोपोस्ट

बास्केटबल लिग : आर्मीको लगातार तेस्रो जित

काठमाडौं : क्वीक्स होम एण्ड अवे बास्केटबल लिगमा त्रिभुवन आर्मीले लगातार तेस्रो जित हासिल गरेको छ। लिग अन्तर्गत बुधवार सेन्ट जेभियर कलेजको कोर्टमा भएको खेलमा आर्मीले साउथ साइडर्सलाई ८६-६८ स्कोरले हरायो।

आर्मीले पहिलो र दोस्रो क्वाटरमा क्रमश: १८-१२ र २४-११ को अग्रता बनाउँदै झण्डै दोब्बर अग्रता कायम गरेको थियो। तेस्रो क्वाटर साउथ साइडर्सले २५-२२ ले आफ्नो पक्षमा पारेपनि अन्तिम क्वाटरमा २२-२२ ले अगाडी रहदै आर्मी विजयी भएको हो। आर्मीको जितमा रविन खत्तीले सर्वाधिक २९ तथा सदिश प्रधानले २३ अंक स्कोर गरे।

साउथ साइडर्सका लागि सन्जय व्यन्जनकार जुनियरले २६ स्कोर गरे।

बुधवारै भएको दिनको पहिलो खेलमा एएनके कीर्तिपुर बास्केटबल टिमले टिम बुढानिलकण्ड मुनिसिपालिटीलाई ७५-६७ ले हराउँदै लगातार दोस्रो जित हासिल गरेको छ। कीर्तिपुरले पहिलो क्वाटरमा १९-१५, दोस्रो क्वाटरमा २१-१६ तथा तेस्रो क्वाटरमा १८-१२ को अग्रता बनाएको थियो। चौथो क्वाटरमा बुढानिलकण्डले २४-१७ले अग्रता बनाएपनि कीर्तिपुरलाई जितबाट रोक्न सकेन।

लगातार ३ जितपछि ९ अंक जोडेको आर्मी लिगमा शीर्ष स्थानमा छ भने २ जितपछि कीर्तिपुर ६ अंक जोड्दै दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell