PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

बर्खास्त पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलार्इ अर्को झड्काः पार्टीको अध्यक्षका लागि समेत अयोग्य



पहिलोपोस्ट

बर्खास्त पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलार्इ अर्को झड्काः पार्टीको अध्यक्षका लागि समेत अयोग्य

इस्लामाबादः पाकिस्तानको सर्वोच्च अदालतले यहाँका पूर्व प्रधानमन्त्री नवाज सरिफलार्इ पार्टीको नेतृत्वका लागि समेत अयोग्य ठहर गरेको छ। गतवर्ष पदबाट बर्खास्त गरिएका उनलार्इ अदालतले अर्को बुधबार अर्को झड्का दिएको हो। 

योसँग सत्तारूढ दल मुस्लिम लिग-नवाजको अध्यक्ष पदका लागि पनि उनी अयोग्य ठहर भएका छन्। 

अदालतले पार्टीको अध्यक्षको हैसितयतले लिएका निर्णयहरूलार्इ समेत अमान्य घोषित गरेको छ।

गत वर्ष जुलार्इमा पाना लिक्स मामिलामा दोषी ठहर गर्दै प्रधानमन्त्री पदबाट बर्खास्त गरेको थिए। 

योसँगै अागामी मार्चमा हुने भनिएको अाम निर्वाचन समेत सर्न सक्ने अनुमान लगाइएको न्यूयोर्क टाइम्सले लेखेको छ। 

अब उनको पार्टीलार्इ नयाँ नेतृत्वको खोजी गर्नुपर्ने भएको छ। 

अदालतको निर्णयलार्इ पाकिस्तानको विपक्षी पार्टीले स्वागत गरेको छ। तहरीक-ए-इन्साफ पार्टीका प्रवक्ताले नवाज सरिफलार्इ पार्टीको अध्यक्षमा ल्याएर मुस्लिम लिग नवाजले राजनीतिलार्इ दुर्गन्धित बनाउन खोजिरहेको बताउँदै अदालतले सहि निर्णय सुनाएको प्रतिक्रिया दिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell