PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

पेरूमा बस दुर्घटना हुँदा ४४ को मृत्यु



पहिलोपोस्ट

पेरूमा बस दुर्घटना हुँदा ४४ को मृत्यु
PHOTO:EPA-EFE

लीमाः पेरूको अरेक्विपामा बुधबार भएको बस दुर्घटनामा परी ४४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २४ जना घाइते भएका छन्। 

अरेक्विपाको क्षेत्रीय सरकारको नागरिक रक्षा विभागले मृतकको संख्या ४४ पुगेको पुष्टि गरेको र्इएफर्इ न्यूज एजेन्सीले जनाएको छ। 

पान-अमेरिकन राजमार्गमा दुर्घटना भएको थियो। बस सडकबाट २०० मिटर तल अोकोना नदीमा खसेको थियो। 

दुर्घटना प्रति पेरूका राष्ट्रपति पेड्रो पाब्लो कूजिन्स्कीले दुःख व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell