PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

च्याम्पियन्स लिग : म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो, शाख्तर विजयी



पहिलोपोस्ट

च्याम्पियन्स लिग : म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो, शाख्तर विजयी

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेग खेलमा इंगलिस क्लब म्यानचेष्टर युनाइटेड सेभियासँग बराबरीमा रोकिएको छ। स्पानिस क्लब सेभियाको मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको छ।

यस्तै युक्रेनी क्लब शाख्तर डोनेस्कले एक गोलले पछि परेको स्थती उल्टाउँदै इटालियन क्लब रोमालाई २-१ ले पराजित गरेको छ।

सेन्गिज उन्डरले ४१ औँ खमिनेटमा गोल गर्दै रोमालाई पहिले अग्रता दिलाएका थिए। तर घरेलु मैदानमा शाख्तरले दोस्रो हाफमा २ गोल फर्काउँदै जित हात पार्‍यो।

शाख्तरका लागि ५२औँ मिनेटमा फाकुन्डो फेरेयरा र ७१औँ मिनेटमा फ्रेडले गोल गरे।

अन्तिम १६ को दोस्रो लेगका खेलहरु मार्च ७ र मार्च १४ मा हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell