PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ला लिगा : रियल मड्रिड तेस्रो स्थानमा उक्लियो, बार्सिलोना भन्दा अझै १४ अंकले पछि



पहिलोपोस्ट

ला लिगा : रियल मड्रिड तेस्रो स्थानमा उक्लियो, बार्सिलोना भन्दा अझै १४ अंकले पछि

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल मड्रिडले लेगानेसमाथि पुनरागमन जित हासिल गरेको छ। खेलको छैटौँ मनेटमै पछि परेको रियलले पुनरागमन गर्द लेगानेसलाई ३-१ ले पराजित गरेको हो।

खेलको छैटौँ मनेटमै उनाई बुस्टेन्जाले गोल गर्लै घरेलु टोली लेगानेसलाई अग्रता दिलाएका थिए। तर त्यसको ५ मिनेटपछि नै लुकास भजक्वेजले रियलका लागि बराबरी गोल फर्काए। रियलका लागि कासेमिरोले २९औँ मिनेटमा गोल गर्दै २-१ को अग्रता दिलाए।

कप्तान सर्गियो रामोसले खेलको ९०औँ मिनेटमा पेनाल्टीमार्फत रियलका लागि तेस्रो गोल गरे।

जितपछि २४ खेलबाट ४८ अंक जोडेको रियल भ्यालेन्सियालाई पछि पार्दै अंक तालिकामा तेस्रो स्थानमा उक्को छ। रियलले दोस्रो स्थानमा रहेको अर्को मड्रिड क्लब एथ्लेटिकोसँग अंकदूरी ७ मा झारेको छ तर शीर्ष स्थानको बार्सिलोना भन्दा अझै १४ अंकले पछाडी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell