PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

नेपालमा भ्रष्टाचारको स्थिति अझै चिन्ताजनक, १८० देशमा १२२ अौँ स्थानमा



पहिलोपोस्ट

नेपालमा भ्रष्टाचारको स्थिति अझै चिन्ताजनक, १८० देशमा १२२ अौँ स्थानमा

काठमाडौंः नेपाल भ्रष्टाचार हुने देशहरुको सूची ९ स्थान माथि उक्लिएको छ। गत वर्ष १३१ अौँ स्थानमा  १२२ औं स्थानमा परेको छ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपालले ३१ अंक प्राप्त गरेको छ। 

पछिल्लो सूचकांकले नेपालमा भ्रष्टाचारको स्थिति अझै चिन्ताजनक रहेको ट्रान्सफरेन्सी नेपालकी महासचिव पद्मिनी प्रधानांगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

२०१७ मा नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरूपयोग, अनुगमन र कारवाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिमा भ्रष्टाचार जस्ता विषय अझै पनि समस्याको रूपमा विद्यमान रहेको विज्ञप्तिमा जनाइएको छ। 

यस वर्ष न्यूजिल्याण्ड र डेनमार्कले उच्च स्थान पाएका छन्। जसमध्ये न्यूजिल्याण्डले ८९ र डेनमार्कले ८८ अंक पाएको छ। 

यो सूचकांकको पुछारमा सोमालिया परेको छ। सोमालियाले ९ अंक प्राप्त गरेको छ। त्यस्तै दक्षिणी सुडानले १२ र सिरियाले १४ अंक पाएका छन्। 

अफ्रिकी मुलुकसँदै पूर्वी युरोप र मध्ये एसियाको अवस्था खराब रहेको ट्रान्सफरेन्सी इन्टरनेशनले जनाएको छ। 

राजनीति, वित्तिय अनुशासन, न्यायमा पहुँचलगायतका ६ वटा मापदण्डको आधारमा देशहरुलाई शून्यदेखि १०० सम्म अंक दिइन्छ । जसअन्तर्गत ० अंक खराब र १०० अंक भ्रष्टाचार नहुने मुलुकमा पर्छन्। 

यस वर्ष कुनै पनि देशले १०० अंक प्राप्त गरेका छैनन्। 

यता दक्षिण एसियामा सबैभन्दा भ्रष्ट देश अफगानिस्तान देखिएको छ। १५ अंक पाएको अफगानिस्तान पुछारबाट चौँथो स्थानमा छ। 

बंगलादेश २८ अंकका साथ १४३ औं स्थानमा रहेको छ। त्यस्तै ३२ अंकका साथ पाकिस्तान ११७ औं, माल्दिभ्स ३३ अंकका साथ ११२ औं स्थानमा रहेको छ। ३८ अंक पाएको श्रीलंका ९९ औं, स्थानमा रहँदा ४० अंकका साथ भारत ८१ औं स्थानमा छ। 

दक्षिण एसियामा सबै भन्दा कम भ्रष्टाचार हुने गरेको सूचकांकले देखाएको छ। भूटान ६७ अंक हासिल गर्दै १६ अौँ स्थानमा छ। 

एमनेस्टीले सार्वजनिक गरेको सन् २०१७ को प्रतिवेदनअनुसार विश्वका दुई तिहाइ देशहरुले ५० भन्दा कम अंक पाएका छन्।

यस्तै नेपालको उत्तरी छिमेकी चीन ४१ अंकका साथ ७७ अाैँ स्थानमा रहेको छ। त्यस्तै अमेरिकाले ७५ अंक प्राप्त गर्दै १६ अाैँ स्थानमा रहेको छ।

कुन देशले कति अंक पाए ?

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell