PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

प्रधानन्यायाधीश पराजुलीविरुद्दको अवहेलना मुद्दा तीन हप्तापछि दरपिठ



पहिलोपोस्ट

प्रधानन्यायाधीश पराजुलीविरुद्दको अवहेलना मुद्दा तीन हप्तापछि दरपिठ

काठमाडौं: प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध पेश भएको  अदालतको अवहेलनासम्बन्धी मुद्दा सर्वोच्च अदालत प्रशासनले तीन हप्तापछि दरपिठ गरेको छ। 

यसअघि सर्वोच्च अदालत प्रशासनले उक्त मुद्दा दर्ता र दरपिठ नगरी रोकिराखेको थियो। प्रधानन्यायाधीश विरुद्ध अवहेलना मुद्दा आएको यो पहिलोपटक हो।

मनोजकुमार अधिकारीले डाक्टर केसीको मुद्दा मिलाउन उनका वकिललाई धम्की दिनेसम्म काम गरेर प्रधानन्यायाधीशबाट अदालतको अवहेलना भएको भन्दै तीन हप्तादेखि सर्वोच्च अदालतमा निवेदन पेश गरिरहेका थिए। उक्त निवेदन अदालत प्रशासनले विहिबार दरपीठ गरेको हो।

अधिकारीले पहिलोपटक माघ २४ गते उक्त मुद्दा सर्वोच्चमा पेश गरेका थिए। अदालतले पटकपटक मुद्दा दर्ता गर्न अस्विकार गरेको थियो।

‘सम्माननीय प्रधानन्यायाधीशको कुन कार्यालयले अदालतको अवहेलना भयो त्यो कार्यको पुष्टी हुने आधिकारीक प्रमाण बेगर पत्रिकामा प्रकाशन गरेको समाचारलाई लिएर अदालतको अवहेलनामा कारबाही गरिपाउँ भनी प्रस्तुत हुन आएको निवेदन दर्ता गर्न मिलेन,’ सह रजिष्ट्रार नारायण पन्थीको दरपीठ आदेशमा उल्लेख छ।

अधिकारीको निवेदनमा डाक्टर केसीको अवहेलना मुद्दामा प्रमाण झिकाइ पाउँ, उनको फोन कल रेकर्ड झिकाइ पाउँ भन्ने मागहरु छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell