PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

क्रिकेटर दीपेन्द्रलाई ग्लोबल आईएमईको साथ, एक वर्षको लागि ४ लाखको प्रायोजन



पहिलोपोस्ट

क्रिकेटर दीपेन्द्रलाई ग्लोबल आईएमईको साथ, एक वर्षको लागि ४ लाखको प्रायोजन

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य तथा यू-१९ का कप्तान दीपेन्द्र सिंह ऐरीलाई ग्लोबल आइएमई बैंकले एक वर्षको लागि प्रायोजन गरेको छ।

क्रिकेट प्लेअर्स एसोसिएसन नेपाल (सिप्यान) सँगको सहकार्यमा दीपेन्द्र र बैंकबीच बिहीवार सम्झौता भएको हो। सम्झौता पत्रमा बैंकको तर्फबाट सिईओ जनक शर्मा पौडेल र खेलाडी दीपेन्द्र सिंह ऐरीले हस्ताक्षर गरे।

एक वर्षको लागि भएको सम्झौता अनुसार बैंकले नगद र क्रिकेट किट्स गरी ४ लाख रकम दीपेन्द्रलाई प्रदान गर्ने सिईओ शर्माले जानकारी दिए।

बैंकले दीपेन्द्रलाई मासिक २० हजारका दरले एक वर्षमा कूल २ लाख ४० हजार उपलब्ध गराउनेछ भने बाँकी रकम बराबरको क्रिकेट किट्स प्रदान गर्नेछ।

ग्लोबल आईएमई बैंकले स्पोनरसर गरेको दीपेन्द्रले धन्यवाद व्यक्त गरे। सिप्यानका अध्यक्ष तथा पूर्व कप्तान पवन अग्रवालले आफूहरुको उदेश्य खेलाडीहरुलाई आर्थिक रुपमा सहयोग गर्न पहल गर्ने रहेको बताए।

यस्तै सिप्यानका महासिचव समेत रहेका राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले यस्तो खालको सम्झौताले खेलाडीलाई मोटिभेसन हुने बताए। यसअघि पनि सिप्यानको सहकार्यमा केही खेलाडीले बैंकको साथ पाएका छन्।

आईएमई बैंका सिईओ जनक शर्माले यस प्रायोजनमार्फत थोरै भएपनि खेलाडीलाई टेवा पुर्‍याउन सकिने बताए। शर्माले खेलाडी र खेलकुदमा राज्यको लगानि कम रहेको बताउँदै अब खेलकुदको विकासका लागि राज्यले नै पहन गर्नुपर्ने बताए।




 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell