PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रधानन्यायाधीश विरुद्ध माइती घर मण्डलामा प्रदर्शन हुने



पहिलोपोस्ट

प्रधानन्यायाधीश विरुद्ध माइती घर मण्डलामा प्रदर्शन हुने
फाइल फोटो

काठमाडौंः सोलिडारिटी फर डाक्टर गोविन्द केसी एलाइन्सले शनिवार प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध माइतीघर मण्डलामा पर्दशनी गर्ने भएको छ। प्रधान्यायाधीश पराजुली पदमा बस्न लायक नरहेको भन्दै राजिनामाको माग गर्दै एलाइन्सले पर्दशन गर्न लागेको हो। 

प्रधानन्यायाधीश पराजुलीले नागरिक्ता र सर्टीफिकेटको बारेमा विवाद छ। डाक्टर गोविन्द केसीको तर्फबाट मुद्दा लडेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी प्रधान्याधीशले ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशाशन कार्यलयमा उजुरी दिएका छन्।

सर्वोच्च अदालतले डीनमा डा. शशी शर्मालाई चिकित्सा शास्त्र अध्यन सस्थानको डीनमा नियुक्त गरेसंगै डाक्टर केसीले प्रधान्याधीश पराजुली विरुद्ध अभिव्यक्ती दिएका थिए। त्यसको लगत्तै पक्राउ परेका डा केसीलाई अदालको मानहानी को मुद्धा लागेको थियो। सो घटनापछि डा. केसीले प्रधान्याधीश पराजुलीलाको राजिनामा माग गर्दै अाएका छन्। 

डा. केसीको समर्थनमा प्रधान न्यायाधीश पराजुलीको राजिनामाको माग गर्दै शनिबार प्रदर्शन गर्न लागिएको एलान्सले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell