PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

ओली सरकारमा मन्त्रालय कति? भोलि छिनोफानो हुने!



पहिलोपोस्ट

ओली सरकारमा मन्त्रालय कति? भोलि छिनोफानो हुने!

काठमाडौं: एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच केन्द्रमा कतिवटा मन्त्रालय राख्ने भन्ने विषयमा छलफल भएको छ।

आज बालुवाटारमा सरकारमा संलग्न दुई दलका अध्यक्षबीच सरकारमा कति मन्त्रालय राख्ने भन्ने विषयमा छलफल भएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए।

‘दुई अध्यक्षबीचको छलफलमा बढीमा १८ मन्त्रालयसहितको मन्त्रिपरिषद् विस्तार गर्ने प्रारम्भिक सहमति भएको छ,’ पाण्डेले भने।

भोलि एमाले स्थायी समितिको बैठक बसेपछि मन्त्रालयको टुंगो लाग्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकताबारे छलफल गर्न एमाले–माओवादी कार्यदलको बैठक बसेको थियो। कार्यदलको बैठकअघि दुई अध्यक्षबीच मन्त्रिपरिषद् बिस्तार र पार्टी एकताबारे छलफल भएको थियो। 

‘कति मन्त्रालय बनाउने भन्ने बिषयमा टुंगो नलाग्दा तीन सदस्य मन्त्रिपरिषद् गठन भएको एक साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। कति मन्त्रालय बनाउने भन्नेबारे दुई अध्यक्षबीच सहमती भएपछि भोलिसम्म मन्त्रिपरिषद् बिस्तार हुने अपेक्षा गरिएको छ।
 
माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष ओली नेतृत्वमा फागुन तीन गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेको थियो। पार्टी एकता र मन्त्रालय लगायतका बिषयमा छलफल कायम रहेको भन्दै माओवादीले सरकारमा मन्त्री पठाएको छैन। 

फागुन सात गते पार्टी एकताका लागि सात बुँदे प्रारम्भिक आधारहरुमा एमाले माओवादीबीच हस्ताक्षर भएपछि माओवादी सरकारमा जान तयार भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell