PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

जलजला परियारलाई 'ए मेरो हजुर २'को सहयोग, सलिनमान बानियाँले गरे हस्तान्तरण



पहिलोपोस्ट

जलजला परियारलाई 'ए मेरो हजुर २'को सहयोग, सलिनमान बानियाँले गरे हस्तान्तरण

काठमाडौं: गायिका जलजला परियारको उपचारका लागिल फिल्म 'ए मेरो हजुर २' युनिटले आर्थिक सहयोग गरेको छ। विहीबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर बानियाँले ७६ हजार रुपैयाँ परियारको परिवारलाई फिल्मकातर्फबाट नायक सलिनमान बानियाँ र निर्माता सुनिलकुमार थापाले हस्तान्तरण गरे।

दुवै मृगौलामा समस्या देखिएपछि जलजला परियारको उपचारका लागि विभिन्न, संस्था र व्यक्तिले सहयोग प्रदान गर्ने क्रम जारी छ। 'ए मेरो हजुर २'को बेल्जियम प्रदर्शनबाट उठेको कुल रकममध्य ५१ हजार र अमेरिका निवासी मुकेश सुवेदीको मुकेश सुवेदी फाउण्डेसनबाट प्राप्त २५ हजार दिइएको जानकारी थापाले दिए।

निर्माता थापाले 'ए मेरो हजुर २'को विदेश प्रदर्शनबाट उठेको २५ प्रतिशत रकम सामाजिक कार्यमा खर्चने घोषणा समेत गरे।

जलजलाका बुवा नारायण बहादुर दर्जीका अनुसार मृगौला प्रत्यारोपणका लागि नेपालमा समय लाग्ने भएकाले थप उपचारका लागि इन्डिया लाने तयारी भैरहेको छ। 

फोटो: उद्दव रसाइली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell