PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

दैलेखमा जिप दुर्घटना: ४ को मृत्यु



पहिलोपोस्ट

दैलेखमा जिप दुर्घटना: ४ को मृत्यु

काठमाडौं: दैलेखको सदरमुकामबाट महाबु गाउँपालिकाको रनीवन जाँदै गरेको लु१ज ३५३२ नम्बरको जिप दुर्घटनामा परेको छ।

दुर्घटनामा परी ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सरोज पौडेलले जानकारी दिए। घटनामा परी ३ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको उनले बताए। 

दुर्घटनामा परी महाबु गाउँपालिकाका सरलकुमार शाही, निर्मला पाण्डे, कालिकोटकी निर्मला शाही र सुर्खेतका तिलक ढकालको मृत्यु भएको डिएसपी पौडेलले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell