PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

त्रिशुलीमा ट्रक खस्दा तीन घाइते*



पहिलोपोस्ट

त्रिशुलीमा ट्रक खस्दा तीन घाइते*

धादिङ : हेटौँडाबाट सिमेन्ट लिएर काठमाडौँतर्फ आउँदै गरेको लु १ ख १५९ नंको ट्रक त्रिशूली नदी किनारमा खस्दा तीन जना घाइते भएका छन्।
 
ट्रक गजुरी – २ छहराबाट त्रिशूली किनारमा खसेर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए। 

घाइतेमध्ये एक जनालाई गजुरी अस्पताल र दुई जनालाई थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ। रासस

*(शीर्षकमा त्रुटी भएकाले सच्याइएको)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell