PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रदेश १ मा घरघरमा प्रहरी पुग्नेः ‘जनतासँग मुख्यमन्त्री’ टेलिफोन संवाद कार्यक्रम चलाइने



अनन्तराज न्यौपाने

प्रदेश १ मा घरघरमा प्रहरी पुग्नेः ‘जनतासँग मुख्यमन्त्री’ टेलिफोन संवाद कार्यक्रम चलाइने

विराटनगरः प्रदेश १– को सरकारले ‘जनतासँग प्रहरी’ अभियान र ‘जनतासँग मुख्यमन्त्री’ टेलिफोन संवाद कार्यक्रम चलाउने भएको छ।

आफ्ना क्षेत्रमा शान्तिसुरक्षाको अवस्था बलियो बनाउन सरकारले यस्ता कार्यक्रमको सुरुआत गर्न लागेको हो।
बिहिबार दिउँसो भएको प्रदेश मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग प्रहरी र मुख्यमन्त्री’ गरी २ भित्राभित्रै निर्णय गरेको मुख्य मन्त्री शेरधन राईले जानकारी गराए।

मुख्यमन्त्री राईका अनुसार पहिलो अभियानअन्तर्गत एक महिनाभित्रमा प्रदेशका सबै जनताको घरधुरीमा प्रहरी पुगेर शान्ति सुरक्षामा सहयोग र हातेमालोको आग्रह गर्नेछन्। यस क्रममा ती घरधुरीमा नजिकको प्रहरी युनिट र सम्बन्धित जिल्ला प्रहरी कार्यालयको फोन नम्बरसहितको स्टिकर टाँस गरिनेछ। 

घरमा पुगेका प्रहरीले कुनै घटना, दुर्घटना, अपराध वा सुरक्षा चुनौती भए स्टिकरमा उल्लेख गरिएको फोनमार्फत् सहयोगका लागि आग्रह गर्न परामर्श दिनेछन्।

‘जनताले दिएको सूचनाअनुसार शहरी क्षेत्रमा आधा र ग्रामीण क्षेत्रमा एक घण्टाभित्र घटनास्थलमा प्रहरी पुग्ने गरी सेवा अघि बढाइनेछ’, मुख्यमन्त्री राईले बताए’, ‘जनताका गुनासा सरकारसँग पु¥याउन पाक्षिक रूपमा ‘जनतासँग मुख्यमन्त्री’ टेलिफोन संवाद कार्यक्रम सञ्चालन गरिने छ। यस कार्यक्रममा प्रदेशका जनताले आफ्ना समस्या र गुनासा सिधै मुख्यमन्त्रीसमक्ष राख्न सक्नेछन्।’

प्रदेश सरकार बनेपछिको मन्त्रिपरिषद्को दोस्रो बैठकले सरकारको कामलाई अगाडि बढाउन विभिन्न तीन वटा समितिसमेत गठन गरेको छ। 

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवको नेतृत्वमा कानुन मस्यौदा समिति, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवको नेतृत्वमा भौतिक पूर्वाधार विकास सुझाव समिति र मुख्यमन्त्रीको कार्यालयका सचिवको नेतृत्वमा सुशासन तथा सदाचार प्रवद्र्धन समिति गठन गरेको हो। यी समितिले दिएको सुझावका आधारमा सरकारले आफ्नो आगामी कार्यक्रम तय गर्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell