PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

तालिवान लडाकुद्वारा अफगानी गुप्तचर संस्थाका पाँच अधिकारीको हत्या



पहिलोपोस्ट

तालिवान लडाकुद्वारा अफगानी गुप्तचर संस्थाका पाँच अधिकारीको हत्या

काबुलः तालिवान लडाकूले अफगानी गुप्तचर निकायका पाँच अधिकारी हत्या गरेको छ। उत्तरी पारवान प्रान्तमा भएका हालैका आक्रमणबाट ती अधिकारी मारिएको खामा न्यूज एजेन्सीले जनाएको छ। 

उनीहरू सवै राष्ट्रिय सुरक्षा सचिवालयका अधिकारी रहेका बताइएको छ। बागराम जिल्लाको वरपर 
भएका विभिन्न घटनामा गुप्तचर अधिकारी मारिएको जिल्लाका प्रशासनीक प्रमुख अब्दु शुकूर कुडोसीले पुष्टी गरेका छन्। उनीहरू सबै नेशनल डाइरेक्टोरेट अफ सेक्यूरी (एनडीएस) कापिसाका अधिकार भएको बताइएको छ । मारिएका मध्ये एक एनडीएस कापिसाका निर्देशक भएको उनले जानकारी दिएका छन्। 

घटनाबारे अफगानिस्तानका सरकार विरोधी शसस्त्र लडाकू समूह तथा अफगानिस्तानमा निरन्तर सरकारविरुद्ध आन्दोलन गर्दै आएको तालिवान विद्रोहीले कुनै प्रतिक्रिया जनाएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell