PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

विष्णु रिमाल प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त



पहिलोपोस्ट

विष्णु रिमाल प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त

काठमाडौँः एमाले नेता विष्णु रिमाल प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन्।

शुक्रबार बसेको क्याविनेट बैठकले रिमाललार्इ प्रधानमन्त्री केपी शर्मा अोलीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पन्डितले जानकारी दिए । रिमाल ओली नेतृत्वको अधिल्लो सरकारमा समेत सल्लहाकार थिए ।

यसैबीच प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएसँगै रिमालले अब पाँच वर्षको लागि स्थिर सरकार बनाउन गएको बताएका छन्। 

'खुशी नेपाली समृद्ध नेपालको अभियानमा नयाँ टिमले काम गर्ने छ,' उनले भने 'मेरो तर्फबाट प्रधानमन्त्रीको लागि गरिने सहयोग मेहेनतपूर्वक गर्ने छु।' 

उनले सरकार विस्तार चाँडै हुने बताउँदै अगाडि भने, 'अंग्रेजीमा 'वार पुटिङ' भनिन्छ। हो अब युद्ध स्तर्मा काम अघि बढछ।' 

शुखी नेपाली समृद्ध नेपालको लगि कुनै कसर नराखेर काम हुने उनले बताए । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell