PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

६७ औँ जन्मदिनमा 'फुटबल केक' काट्दै प्रम ओलीले भने : हावा फुस्काइदिउँ?



पासाङ ठकुल्ला

६७ औँ जन्मदिनमा 'फुटबल केक' काट्दै प्रम ओलीले भने : हावा फुस्काइदिउँ?

काठमाडौं : प्रधान मन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार ६७ औँ जन्मदिन मनाएका छन्। प्रधान मन्त्री निवास बालुवाटारमा ओलीले बिहानै दुई वटा केक काटे।

एउटा पार्टी कार्यालयबाट आएको अर्को मदन भण्डारी स्पोर्टस् एकेडेमीबाट आएको।

पार्टी कार्यालयबाट आएको केक काट्दा ओलीले पत्नी राधिका शाक्यलाई पर्खिएका थिए। ओली पत्नी बाहिर निस्केकाले समयमै पुग्न नसकेपछि ओलीले केही समय पर्खेर केक काटे।

त्यसपछि मदन भण्डारी स्पोर्टस एकेडेमीले ल्याएको केक काट्दा भने ओली पत्नी आइपुगिन्। एकेडेमीले फुटबल आकारमा केक बनाएर ल्याएको थियो। ओलीले उक्त फुटबल केट काट्दै भने, 'हावा फुस्काइदिउँ?'

पत्नी राधिकाले प्रम ओलीलाई केक खुवाउँदै भनिन्, 'धेरै केक नखानु अझै खान बाँकी छ।'

ओलीलाई जन्मदिनको अवसरमा शुभकामना दिन चीनका राजदुत यु होङ र भारतका राजदुत मन्जिभ सिंह पुरी बालुवाटार पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell