PahiloPost

Mar 20, 2026 | ६ चैत्र २०८२

आमाको हत्या, बहिनी गम्भीर घाइते



रासस

आमाको हत्या, बहिनी गम्भीर घाइते

सिराहाः छोराले फलामे रडले हान्दा गम्भीर घाइते भएकी  जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका-४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ। 

घरायसी विवादमा लक्ष्मीपुर पतारी-४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा दुवै आमा छोरी गम्भीर घाइते भएका थिए। 

रड प्रहारबाट टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी आमा ज्ञानदेवीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय, लक्ष्मीपुर पतारीले जनाएको छ। 

सोही रड प्रहारबाट गम्भीर घाइते भएकी सुनिता दासको विराटनगरस्थित नोबेल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। आमा र बहिनीमाथि रड प्रहार गर्ने राम दासलाई पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell