PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

भूकम्पले भत्काएको छात्रवास भवनको शिलान्यास



पहिलोपोस्ट

भूकम्पले भत्काएको छात्रवास भवनको शिलान्यास

काठमाडौः २०७२ साल बैशाख १२ गतेको विनासकारी भुकम्पले भत्काएको नेपाल प्रहरी विद्यालय साँगाको छात्रवास भवनको शिलान्यास भएको छ। 

बिहीबार विद्यालय ब्यावस्थापन समितीका अध्यक्ष एआईजी माधव जोशीले विद्यालयको पुरुष छात्रवास भवनको शिलान्यास गरेका हुन्।  

२ करोड ७१ लाखमा रुपैयाँमा बन्न लागेको छात्रवास भवन एक वर्षमा निर्माण सम्पन्न गर्न योजना रहेको छ। भुकम्प पछि टहरामा बस्दै आएका विद्याथीहरु अबको एक वर्ष पछि पक्की भबनमा बस्न पाउने भएका छन्।
 
भूकम्पले छात्रवास भत्काएपछि विद्यालयमा रहेका १३ सय भन्दा बढी छात्र टहरामा बस्दै आएका थिए। 

त्यसैगरी अबको केही दिनमा छात्रावास भवनको पनि शिलान्यास हुने प्रहरी आवासीय विद्यालयका प्रमुख डीएसपी दिनेश मैनाललीले जानकारी दिए। 

भुकम्पले पुराना भबन भत्काएपछि विद्याथीहरुलाई टहरा बनाएर राखिँदै आएको थियो। भुकम्पले भत्काएका विद्यालयका कम्पुटर ल्याप, श्रव्यदृष्य र पुत्तकालय भबन पनि नयाँ बनेका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell