PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

चीर ठड्याउँदै सुरु भएको फागुको हेर्नुस् १० दृश्य

चीर ठड्याउँदै सुरु भएको फागुको हेर्नुस् १० दृश्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आजबाट विधिवत रुपमा फागु सुरु भएको छ। राजधानीको वसन्तपुरमा लिंगोसहित रंगीविरंगी ३२ फुट अग्लो चीर उठाइएपछि विधिवत रुपमा फागु सुरु भएको हो।

आज बिहान ११:५७ बजेको साइतमा चीर ठड्याइएको छ। अबको ८ दिनपछि अर्थात् फागु पूर्णिमाको दिन हर्ष बढाइँ गरेर चीर ढालिन्छ। ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा लैजाने चलन छ। उक्त चीरको दहन गरेपछि औपचारिक रुपमा यस वर्षको फागु सकिनेछ। 

लोककथा अनुसार भगवान कृष्णले यमुना नदीमा निर्वस्त्र नुहाइरहेका गोपिनीको कपडा चोरे। उनले रुखको हाँगामा कपडा झुन्ड्याई अर्को हाँगामा बसेर बाँसुरी बजाउन थाले। गोपिनीहरुले आफ्ना लुगा पाउन धेरै बिन्तीभाउ गर्दा पनि कृष्णले लुगा दिएनन्। उनले गोपिनीहरुलाई प्रायश्चित्त गर्न लगाए। गोपिनीहरुले कृष्णलाई जल चढाएर प्रायश्चित्त गरेपछि मात्र कपडा झारिदिए।

कृष्णको रासलीलाको स्मरणमा गोपिनीहरुको लुगाको प्रतीकको रुपमा अग्लो खम्बामा रंगीचंगी कपडा राख्ने गरिएको हो। नेपाल एकीकरणपछि यो चलन सुरु भएको संस्कृतिका ज्ञाताहरु बताउँछन्।


ट्रेन्डिङ पोस्ट

Ncell