PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

सिरियामा युद्धविराम गराउने राष्ट्र संघको प्रयास असफल



पहिलोपोस्ट

न्यूयोर्कः सिरियामा जारी हिंशा रोक्न राष्ट्र संघले गरेको प्रयास असफल भएको छ। हिंशा रोक्नका लागि राष्ट्र संघको सुरक्षा परिषदमा स्वीडेन र कुवेतले प्रस्ताव राखेका थिए। 

दुई देशले सुरक्षा परिषदको बैठकमा एक महिना युद्धविराम गर्न राखेको प्रस्तावमा रुसले असहमति जनाएको हो। रुसले सो प्रस्तावमा संशोधन राख्दै सो प्रस्तावमा असहमति जनाएको वासिङ्टन पोष्टमा समाचार छ। 

युद्धविराम गर्ने स्वीडेन र कुवेतको प्रस्तावमा सुरक्षा परिषदका अधिकांश सदस्य राष्ट्रले समर्थन जनाएका थिए। रुसले सुरक्षा परिषद समक्ष सबै पक्षले यथासक्य चाँडो शत्रुतापूर्ण व्यवहारको अन्त्य गर्नुपर्ने प्रस्ताव राखेको थियो। 

सुरक्षा परिषदको बैठकमारुसका प्रतिनिधि वेस्ली नेबेनज्याले रुसले यस प्रस्तावको ग्यारेन्टी चाहेको भन्दै पेश गरिएको प्रस्ताव ग्यारेन्टीको आधार नभएको बताएका थिए।

‘हामी चाहन्छौं संयुक्त राष्ट्रसंघको प्रस्ताव प्रभावकारी होस् । यो मात्रै चर्चाको विषय नबनोस् । युद्धविरामलाई कसरी प्रभावकारी बनाउने यो नै सबैभन्दा ठूलो चिन्ताको विषय हो,’ वेस्लीले भने। 

सिरियामा राष्ट्रपति बसार अल असादको नेतृत्वमा रहेको सरकारी सेनालाई रुसको साथ रहेको छ। रुस समर्थित सिरियाको सरकारी सेनाले एक साता देखि गुटा क्षेत्रमा रकेट तथा हवाई आक्रमण गर्दा ४०० सर्वसाधारणले ज्यान गुमाएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell