PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

नेपालयले सार्वजनिक गर्‍यो ‘कविशिरोमणि रचनावली’



पहिलोपोस्ट

नेपालयले सार्वजनिक गर्‍यो ‘कविशिरोमणि रचनावली’

काठमाडौं: नेपालयले कविशिरोमणि लेखनाथ पौड्यालका सम्पूर्ण कृतिहरूको संगालो प्रकाशित गरेको छ। पाँच खण्डमा समेटिएको ‘कविशीरोमणि रचनावली’ गते सोमबार सार्वजनिक भएको हो। फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्यालको स्मृति दिवसको अवसर पारेर कृति सार्वजनिक गरिएको हो।

कृति सार्वजनिक कार्यक्रममा लेखनाथ पौड्यालको काव्विक व्यक्तित्व र उनका कृतिहरूमाथि संक्षिप्त चर्चा समेत भयो। चर्चामा नेपाली शिक्षा परिषद्की महासचिव रमाशर्मा, रचनावलीका संकलक तथा सम्पादक प्राध्यापक सनतकुमार वस्ती, कविशिरोमणिकी नातिनी डा. प्रतिभा पाण्डे र लेखनाथ साहित्य प्रतिष्ठान पोखराका शुक्रराजअधिकारीको सहभागिता रहेको थियो।

कृतिका सम्पादक प्राध्यापक सनतकुमार वस्ती हुन्। नेपालयले नेपाली साहित्यका स्थापित रचनाकारका कृतिलाई ‘नेपालय क्लासिक्स’ शीर्षकमा प्रकाशित गर्दै आएको छ। पाँच भागमा समेटिएको ‘कविशीरोमणि रचनावली’ को मूल्य ६ हजार ९ सय ७५ रुपैयाँ रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell