PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

पलको बर्थडे, 'शत्रु गते'को सेलिब्रेसन

पलको बर्थडे, 'शत्रु गते'को सेलिब्रेसन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: विहीबार अभिनेता पल शाहको जन्मदिन थियो। उनको जन्मदिनको उपलक्ष्यमा दुई केक काटियो। प्रदर्शनको तयारीमा रहेको  फिल्म ’शत्रु गते’ युनिटले आयोजना गरेको जन्मोत्सवमा गीत ’रुपै मोहनी’को एक करोड हिट्स पनि सेलिब्रेट गरेको हो।

 गत डिसेम्बर २९ मा युट्युब मार्फत सार्वजनिक गरिएको गीतलाई फेब्रुअरी २२ सम्ममा एक करोड भन्दा बढी पटक दर्शकले हेरेका हुन्। नेपाली फिल्मका गीतहरुमा एक करोड हिट्स सामान्य बन्दै गएपनि फिल्मकर्मीहरुले यसलाई सफलताको रुपमा व्याख्या गर्दै आएका छन्।

सेलिब्रेसनमा पललाई जन्मदिनको शुभकामना दिनुका साथै दर्शक स्रोतालाई धन्यवाद व्यक्त गरे। कार्यक्रममा दीपक राज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, पल शाह, आँचल शर्मासंगै प्रस्तुतकर्ता किरण केसी र निर्देशक प्रदीप भट्टराई पनि उपस्थित थिए।

‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन्।

हरिवंश आचार्यको कथा रहेको फिल्ममा पटकथा तथा निर्देशन प्रदिप भट्टराईको रहेको छ। उनलाई पटकथा लेखनमा दीपकराज गिरीले साथ दिएका छन्। फिल्म चैत ९ मा रिलिज हुनेछ। 

फोटो: आर्यन बिमली



ट्रेन्डिङ पोस्ट

Ncell