PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

कमब्याकमा रानी मुखर्जी स्कूल टिचर



पहिलोपोस्ट

कमब्याकमा रानी मुखर्जी स्कूल टिचर

हिच्कीमार्फत रानी मुखर्जीको बलिउड कमब्याक गर्दैछिन्। सिद्धार्थ मल्होत्रा निर्देशित फिल्मको पहिलो गीत रिलिज भयो। जसमा रानी मुखर्जीको फिचरिङ छ र उनी स्कूल टिचरको भूमिकामा देखिएकी छिन्।

'ओए हिच्की' बोलको गीत इन्टर्नेट रिलिज भएको हो। गीतमा जयदिप शाहनीको शब्द, जस्लिन रोयलको संगीत र हर्षदिप कौरको स्वर रहेको छ।

सन् २०१४ मा सार्वजनिक फिल्म 'मर्दानी'पछि उनी अभिनय ब्रेकमा थिइन्। हिच्कीबाट उनले पुन: अभिनयलाई निरन्तरता दिने भएकी छिन्। यो सोसल ड्रामामा उनी नैना माथुरको रुपमा देखिएकी छिन्। फिल्ममा अन्य कलाकार हर्ष मयर, सुप्रिया पिल्गावंकर, कुनाल सिंदे, निरज कवि लगायतको अभिनय रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell