PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

दोश्रो सातामा 'कान्छी', मोफसलका दर्शकसँग फिल्म हेर्न पुगिन् श्वेता



पहिलोपोस्ट

दोश्रो सातामा 'कान्छी', मोफसलका दर्शकसँग फिल्म हेर्न पुगिन् श्वेता

काठमाडौं: फिल्म 'कान्छी' प्रदर्शनको दोश्रो सातामा छ। काठमाडौंका विभिन्न हलहरुमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गरेकी अभिनेत्री तथा निर्मात्री श्वेता अड्का यतिबेला मोफसल यात्रामा छिन्। उनी दर्शक प्रतिक्रिया लिन र धन्यवाद व्यक्त गर्न उपत्यका बाहिरका हलहरु पुगेकी हुन्।

श्वेता खड्कासँगै अभिनेता विनोद न्यौपाने र कलाकार दीलिप पन्त हेटौंडा, चितवन र बुटवलको यात्रामा निस्किएका हुन्। 'हामी खुसी साट्न मोफसल निस्किएका हौं', श्वेताले भनिन्, कान्छीलाई राजधानी बाहिरका दर्शकले पनि साथ दिनु भएको छ।' 

आकाश अधिकारी निर्देशित कान्छीले दोश्रो सातामा पनि ८० बढी पर्दा पाएको वितरक गोपालकाजी कायस्थले जानकारी दिए।

रिलिज पुर्वनै लगानी सुरक्षित गरेको कान्छीले सार्वजनिक प्रदर्शनीबाट सोचे भन्दा राम्रो दर्शकको साथ पाइरहेको छ। श्वेताले अस्ट्रेलिया प्रदर्शनबाट संकलित रकम भने गरिब बालबालिकाको शिक्षामा खर्च गर्ने बताएकी छिन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell