PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

२४ जिल्लामा आजबाट हात्तीपाइले विरुद्ध औषधि, गलत प्रचारमा नपर्नुस : सरकार



पहिलोपोस्ट

२४ जिल्लामा आजबाट हात्तीपाइले विरुद्ध औषधि, गलत प्रचारमा नपर्नुस : सरकार

काठमाडौं : हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान आजबाट सुरु भएको छ। सरकारले औषधि सेवन कार्यक्रमलाई प्रभावित पार्न भ्रामक प्रचार प्रसार भए पनि कसैको प्रभावमा नपरी ढुक्क भएर औषधि सेवन गर्न आग्रह गरेको छ।  अभियान फागुन १४ मा सकिने छ।

हात्तीपाइले रोगविरुद्धको औषधि सेवनबाट कुनै समस्या नपर्ने इपिडिमियोलमेजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले बताए। निर्देशक आचार्यका अनुसार यसपटक २४ जिल्लाका ९१ लाख ५४ हजार जनतालाई लक्षित गरी हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ।

हात्तीपाइलेका कति बिरामी छन् भन्ने एकिन तथ्यांक छैन्। सरकारले सम्भावित जिल्ला तय गरेर हरेक वर्ष औषधि सेवन गराउँदै आएको छ। अभियान सफल बनाउन सरकारले ८ हजार ५ सय ५७ जना स्वास्थ्यकर्मी र ४४ हजार ५ सय २४ जना स्वयंसेवक परिचालन गरेको छ।

नेपालमा सन् २००३ देखि आम औषधि सेवन अभियान हुँदै आएको हो। निर्देशक आचार्यका अनुसार हात्ती पाइले रोग विरुद्धको औषधि सेवनकै कारण कसैले पनि ज्यान गुमाएका छैनन्।

सन् २००३ देखि नेपालमा सुरु भएको हात्ती पाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम २०१७ सम्म आइपुग्दा १० करोड मात्रा औषधि प्रयोग भइसकेको छ। २४ जिल्लाका लागि ३८ करोड ३५ लाख २१ हजार बजेट विनियोजन भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell