
काठमाडौं: नेपाली कांग्रेसको राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक स्थगित भएको छ।
बिहान ९ बजेका लागि बोलाएको बैठक ढिला गरी सुरु भएको र दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको सांसद बहादुरसिंह लामाले जानकारी दिए।
कांग्रेसले संसदीय दलको नेता छान्ने मिति तय गर्न र संसदीय दलको विधान तयार गर्ने बिषयमा छलफल गर्न आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक डाकेको थियो।