काठमाडौं: ‘गाँजा बाजा’को दोस्रो गीत सार्वजनिक भयो। ‘रिगीपिटी’ बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। निख एण्ड जटाको संगीत, निर्मल गर्तौलाको शब्द र जटावेडा बनेर्जीको स्वर रहेको गीतमा मुख्य दुई कलाकार फिचर्ड छन्।
गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको सिनेमा अनुपम शर्मा, सुशिल सिटौला, बर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ ।
सिनेमामा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायाँकन र लोकेश बज्राचार्यको सम्पादन छ।
गाँजा बाजा आउँदो फागुन २५ गतेबाट प्रदर्शनमा आउने भनिएको छ। चलचित्र विकास बोर्डले फिल्मको नाम लागू पदार्थ सम्बन्धी भएको भन्दै दर्ता गर्न नमानेपछि निर्माण युनिटले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। उक्त रिटमाथिको अन्तिम सुनुवाई पनि भएको छैन।
दुई बेरोजगार युवाको कथा हो फिल्म गाँजाबाजा- जो गाँजा खोज्दै भौंतारिन्छन्। त्यसै क्रममा सिर्जना अवस्थाहरु फिल्मको मुख्य विषय हो।