PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

एक्स टेपको दरबारमार्गमा सोरुम विस्तार, क्रिकेटर ज्ञानेन्द्र मल्लले गरे उद्घाटन



पहिलोपोस्ट

एक्स टेपको दरबारमार्गमा सोरुम विस्तार, क्रिकेटर ज्ञानेन्द्र मल्लले गरे उद्घाटन

काठमाडौं : स्पोर्ट्स वेयर कम्पनी एक्स टेपले दरबारमार्गमा आफ्नो शाखा विस्तार गरेको छ। राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल तथा एक्स टेपका प्रतिनिधि जुअङ चाहउईले शनिवार रिवन काटेर सोरुमको संयुक्त उद्घाटन गरे।

पोखरा सम्पन्न आहा रारा गोल्डकप फुटबललाई सह-प्रायोजन गरेको एक्स टेपको आगामी शाखा बौद्धमा खोल्ने कम्पनीले जनाएको छ। एक्स टेपले यसअघि काठमाडौंको रन्जना गल्लीमा सोरुम खोलिसकेको छ।

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान विमल घर्ती मगर एक्स टेप नेपालका ब्राण्ड एम्बासडर हुन्।

यसबाहेक एक्स टेपले अमेरिक धावक जस्टिन ग्याटलिन, इंगलिस धावक क्रिस्टोफर कास्ट्रो नेटो र हङकङको फुटबल क्लब हङकङ रेन्जर्स एफसीलाई समेत प्रायोजन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell