काठमाडौं: गायक राज के गोस्वामीको गीत 'रंग बिनाको होली' सार्वजनिक भएको छ। शुक्रबार युट्युबमार्फत गीत भिडियोसहित रिलिज भएको हो।
सार्वजनिक गीतमा किरण भण्डारीको शब्द संगीत रहेको छ। गीतको एरेन्ज पनि किरणले नै गरेका हुन्।
गीतको भिडियोमा अनिल थापा र सुरक्षा पन्त फिचरिङमा छन्। शान थापाको निर्देशनमा तयार भिडियोमा राजिप समरको नृत्य निर्देशन रहेको छ।
मिलन शंकरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।