काठमाडौं : काठमाडौंस्थित सुन्धाराको एक होटेलमा युवतीको शव भेटिएको छ। उदयुर घर भइ हाल परिवारसहित ललितपुरको हात्तीवन बस्दै आएकी २४ वर्षीय शर्मिला राउतको शव भेटिएको हो। प्रहरीले घटनाको अनुसन्धान गर्ने मृतकका प्रेमी विशाल खड्कासहित विपिन मैनाली र अर्का एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहरेको मनानगरीय प्रहरी जनसेवाका डिएसपी टेकुन्नद लिम्बुले जानकारी दिए।
कसरी भयो घटना?
२४ वर्षीय अविबाहित राउत र विशाल ५ वर्षदेखि प्रेम सम्वन्धमा थिए। विशालको भने केहि वर्ष अगाडि नै विवाह भइसकेको छ। बिशाल काठमाडौंको एक म्यानपावरमा काम गर्दै आएका छन्।
शुक्रवार दिउँशो शर्मिला, विशाल र उनका दुई साथी सगै थिए। प्रहरीमा दिएको बयान अनुसार बिशालले कोटेश्वरमा काम परेकाले कोठामा जाने समय नभएर होटेलमा बसेको बताउएका छन्। शनिवार विहान २ बजे उनी सुत्नको लागी होटेल पुगेका थिए। होटेल पुग्नु भन्दा अगाडी नै चारै जनाले रक्सी खाएको देखिएको छ।
होटेलमा उनीहरुले दुई वटा कोठा बुक गरे। कोठा नम्वर १०४ मा शर्मिला र विशाल सुत्न भए। कोठा नम्वर ५०१ मा विशालका दुई साथीहरु सुतेको डिएसपी लिम्बु बताउँछन्।
राति सँगै सुतेकी प्रेमिका बिहान उठ्दा कोठाको पंखामा झुन्डिएको देखेर बाँच्ने आशामा डोरी काटेर प्रहरीलाई खबर गरेको विशालले प्रहरीमा बयान दिएका छन्।
डिएसपी लिम्बु प्रहरी घटनास्थल पुग्दा डोरी काटिएको अवस्था भेटिएको बताउछन्। 'शवलाई पोस्टमार्टमको लागि अस्पताल लगिएको छ। थप अनुसन्धान हुदै छ।' डिएसपी लिम्बुले भने।