PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

क्यारेबियन प्रिमियर लिगको 'ड्राफ्ट'मा नेपाली खेलाडी पनि



पहिलोपोस्ट

क्यारेबियन प्रिमियर लिगको 'ड्राफ्ट'मा नेपाली खेलाडी पनि

काठमाडौं : क्यारेबियन प्रिमियर लिग (सीपीएल) को प्रारम्भिक 'ड्राफ्ट'मा नेपाली खेलाडी पनि परेका छन्। सीपीएल ड्राफ्टमा यसपटक नेपाली खेलाडीसहित १८ राष्ट्रका खेलाडी समावेश गरिएको आयोजकले जनाएको छ।

सीपीएल २०१८ का लागि सार्वजनिक गरिएको ड्राफ्टमा कूल ३४८ खेलाडीको नाम समावेश छ। जसमा २२७ विदेशी खेलाडी तथा १२१ वेष्ट इन्डिजका खेलाडी छन्। ड्राफ्टमा समावेश खेलाडीहरुको नाम सहभागी ६ फ्रेन्चाइज टिमलाई उपलब्ध गराइसकेको छ। अब फाइनल ड्राफ्टको घोक्षणा भने मार्च १ मा लण्डनमा हुने छ।  

उक्त ड्राफ्टमा नेपालबाट कुन खेलाडी परेको भन्ने खुलाइएको छैन। तर अप्रिल ७ बाट सुरु हुने आइपीएलमा दिल्ली डेयर डेभिल्समा छनोट भएका युवा लेग स्पीनर सन्दीप लामिछाने नै सीपीएलको ड्रांफ्टमा परेको अनुमान छ। अन्य को-को खेलाडी परेका छन् खुलाइएको छैन।

टेष्ट मान्यता प्राप्त १० राष्ट्रसँगै क्यानडा, अमेरिका, ओमान, हङकङ, स्कटल्यान्ड, नेपाल, युएई र केन्याका खेलाडी पनि ड्राफ्टमा समावेश छन् भने टेष्ट खेल्ने भारत र न्यूजिल्याण्डका खेलाडी समावेश छैनन्।

यसपटक चर्चित खेलाडीहरु क्रिस गेल, ब्रेण्डन म्याकुलम, क्रिस लिन, मोहम्मद आमिर, काएरन पोलार्ड, डि'आर्च सर्ट, हासिम अमला, शाहिद अफ्रिदि, उस्मान खवाजा, एलेक्स हाल्स, एदिल रसिद जस्ता खेलाडीहरु रिटेन्सन/ सेलेक्सनका लागि उपलब्ध रहेको आयोजकले जनाएको छ।

सीपीएल-२०१८ आगामी बगस्ट ८ देखि सेप्टेम्वर १६ तारिखसम्म आयोजना हुनेछ।

प्रतियोगितामा साविक विजेता ट्रिन्बागो नाइटराइडर्स, बार्बाडोस ट्रिडेन्ट्स, गुएना अमेजोन वारियर्स, जमैका तालावाह, सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स र सेन्ट लुसियाले प्रतिस्पर्धा गर्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell