PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

मन्त्री को बन्ने? यो विषय हिजो नै झण्डै टुंगिएको थियो, अब भोलि टुंगो लाग्छ-प्रचण्ड



पहिलोपोस्ट

मन्त्री को बन्ने? यो विषय हिजो नै झण्डै टुंगिएको थियो, अब भोलि टुंगो लाग्छ-प्रचण्ड

चितवन: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताएका छन्। 

प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्। 

मन्त्रीका विषयमा पार्टीमा कुनै विवाद नरहेको भन्दै उनले मिडियालाई गम्भीर भएर आधिकारिकता बुझेर मात्रै लेख्न आग्रह गरे। उनले भने–“हिजोनै झण्डै टुंगिएको थियो दुबै पार्टीसँगै बसेर मिलान गर्नुपर्ने भएकाले मात्रै केही कुरा बाँकी रहेका छन्।” पुराना र नयाँ मिलाएर मन्त्रीमा पठाइने पनि उनले बताए। 

चितवनबाट पनि केन्द्रीय सरकारमा प्रतिनिधित्व हुने सम्भावना रहेको दाहालले बताए। सो अवसरमा फरक प्रशंगमा बोल्दै प्रचण्डले इतिहासका यस्ता महत्वपूर्ण मोडमा ठूला घटना हुने गरेको भन्दै सचेत रहनुपर्ने बताएका थिए। दाहालले भने, “अहिले जसरी कम्युनिष्टको एकता बनेको छ। एउटा दुई तिहाई नजिकको सरकार बन्दै छ, प्रतिक्रियावादी शक्तिले नेपालको इतिहासमा खास खास बेलामा यस्ता घटना घटाउने पनि गरेका छन्। त्यसलाई हेक्का राख्नुपर्छ।” 

दाहालले थपे “यो हेक्का राख्नुपर्ने कुरा छ। अहिलेनै कही कतै भइहाल्छ भन्नु भन्दा पनि इतिहासका यस्ता मोडमा यसखाले घटना हुने गरेका छन्।” प्रत्यक्ष कसैलाई ताकेर खतरा होइन तर सचेत नेपाली सबैले हेक्का राख्नुपर्ने र सचेत हुनुपर्ने पनि उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell