PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

प्रधानसेनापति कप पुरुष भलिबलको उपाधि आर्मीलाई



पहिलोपोस्ट

प्रधानसेनापति कप पुरुष भलिबलको उपाधि आर्मीलाई

काठमाडौं : प्रधानसेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७४ को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। लगनखेलस्थित कभर्डहलमा शनिवार भएको फाइनलमा आर्मीले पश्चिमाञ्चललाई ३-१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो।

यस्तै शुक्रवार नेपाल पुलिसले एपीएफलाई हराउँदै तेस्रो स्थान हात पारेको थियो।

प्रतियोगिताको च्याम्पियन आर्मीले नगद ३ लाख प्रमाण पत्र, मेडल र ट्रफी हात पार्‍यो। यसैगरी उपविजेता पश्चिमाञ्चलले १ लाख ५० हजार तथा तेस्रो भएको पुलिसले ५० हजार प्राप्त गर्‍यो।

च्याम्पियन आर्मीका इश्वर केसी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले १६० सिसिको एक थान पल्सर मोटरसाईकल प्राप्त गरे।

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक त्रिभुवन आर्मी क्लबका कपिल किशोर श्रेष्ठ, उत्कृष्ट स्पाईकर त्रिभुवन आर्मी क्लबका मान बहादुर श्रेष्ठ, उत्कृष्ट ब्लकर त्रिभुवन आर्मी क्लबका भैरव बम, उत्कृष्ट डिफेन्डर पश्चिमाञ्चल भलिबल टिमका दिपक थापा, उत्कृष्ट लिफ्टर नेपाल प्रहरी टिमका इम बहादुर मगर र उत्कृष्ट सर्भर पश्चिमाञ्चलका अमृत केसी घोषित भए। प्रत्येकले १० हजार नगद पुरस्कार हात पारे।

फागुन ६ गतेदेखि भएको प्रतियोगितामा तीन विभागीय र तत्कालिन पाँच विकास क्षेत्रका पाँच टिम गरी जम्मा आठ टिमको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell