PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

तीन महिला भलिबल खेलाडीलाई शेरबहादुर खड्का प्रतिष्ठानद्वारा छात्रवृति प्रदान



पहिलोपोस्ट

तीन महिला भलिबल खेलाडीलाई शेरबहादुर खड्का प्रतिष्ठानद्वारा छात्रवृति प्रदान

काठमाडौं :शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले तीन महिला भलिबल खेलाडी प्रतिभा माली,कृपा अधिकारी र अरुणा शाहीलाई छात्रवृति रकम हस्तान्तरण गरेको छ।

शनिवार प्रतिष्ठानले प्रत्येक महिना दुई हजारका दरले प्रतिभा, कृपा र अरुणालाई १०-१० हजारका दरले ५ महिनाको रकम उपलब्ध गराएको हो। उनीहरुलाई २ वर्षका लागि प्रतिष्ठानले छात्रवृति प्रदान गदै आएको छ।

एनएसटी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको टेक्निकल मिटिङका दौरान नेपाल भलिबल संघका उपाध्यक्ष समेत रहेका प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का, एनभिएका उपाध्यक्ष  यमवहादुर गुरुड, महासचिव जितेन्द्र बहादुर चन्द र बिदेशी भलिबल प्रशिक्षक पिटर भानले संयुक्त रुपमा खेलाडीलाई रकम हस्तान्तरण गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell