PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बास्केटबल लिग : आर्मीको लगातार चौथो जित



पहिलोपोस्ट

बास्केटबल लिग : आर्मीको लगातार चौथो जित
फोटो : अर्को नेटवर्क

काठमाडौं : क्वीक्स होम एण्ड अवे बास्केटबल लिगमा विभागीय क्लब त्रिभुवन आर्मीले लगातार चौथो जित हात पारेको छ। यस्तै हिमालयन हाउण्ड्सले लिगमा दोस्रो सफलता पाएको छ।

लिगअन्तर्गत शनिवार भएको खेलमा आर्मीले घरेलु कोर्टमा टिम बुढानिलकण्डलाई ८९-७६ ले पराजित गर्‍यो। आर्मीको जितमा सदिश प्रधानले सर्वाधिक २५ तथा रोविन खत्रीले २० अंक स्कोर गरे।

यस्तै हाउण्ड्सले गोल्डेनगेट इन्टरनेशनल कलेजलाई उसैको घरेलु कोर्टमा ७८-७३ ले पराजित गर्दै दोस्रो जित हात पारेको हो।

हाउण्ड्सको जितमा शौरभ श्रेष्ठ एक्लैले ३४ अंक स्कोर गरे।

लगातार चार जित हात पारेको आर्मी १२ अंक जोड्दै लिगको शीर्ष स्थानमा छ। अर्को अपराजित टोली कीर्तिपुर ९ अंकका साथ दोस्रो तथा ६ अंक जोडेको हाउण्ड्स तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell