PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

आर्मीलाई सिजनको छैटौँ उपाधि



पहिलोपोस्ट

आर्मीलाई सिजनको छैटौँ उपाधि
फोटो : गोलनेपाल डटकम

हेटौँडा : त्रिभुवन आर्मीले यस सिजनको छैटौँ नकआउट फुटबल टुर्नामेन्टको उपाधि जितेको छ। शनिवार भएको तेस्रो हेटौँडा गोल्डकपको फाइनलमा नेपाल पुलिसलाई पेनाल्टीमा ४-३ ले पराजित गर्दै आर्मीले यस सिजनको छैटौँ उपाधि जितेको छ।

निर्धारित समयको खेल गोलरहित सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो।

पेनाल्टी सुटआउटमा आर्मीका सन्तोष तामाङ, दिप लामा, विकेश कुथु र विवेक बस्नेतले गोल गर्दा नवयुग श्रेष्ठ भने गोल गर्न असफल भए। यस्तै पुलिसका सुमन लामा, अजित भण्डारी र दिनेश राजवंशीले मात्र गोल गर्न सके भने तेज तामाङ र बुद्ध लामाको पेनाल्टी प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बचाए।

आर्मीले गत साता मात्रै नवौं सिमरा गोल्डकपको उपाधि जितेको थियो। त्यसअघि आर्मीले विशाल स्मृती गोल्डकप, काकरभिट्टा गोल्डकप, सताक्षी गोल्डकप र सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको थियो।

सुमन भोम्जन स्मृती खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा च्याम्पियन आर्मीले ५ लाख र र उपविजेता पुलिसले ३ लाख रुपैयाँ हात पारेको छ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका विमल पाण्डे घोषित भए। उनले नगद ५० हजार हात पारे। व्यक्तिगत उत्कृष्टतर्फ पुलिसबाट ३ तथा आर्मीबाट २ जना उत्कृष्ट भए। विधागत उत्कृष्टले नगद १५ हजार प्राप्त गरे।

 

विधागत उत्कृष्टहरु

उत्कृष्ट गोलकिपर : विकेश कुथु (आर्मी)

उत्कृष्ट डिफेण्डर : दिनेश राजवंशी (पुलिस)

उत्कृष्ट मिडफिल्डर : तेज तामाङ (पुलिस)

उत्कृष्ट फरवार्ड : अभिषेक रिजाल (पुलिस)

उत्कृष्ट प्रशिक्षक : नविन न्यौपाने (आर्मी)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell