PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रिमियर लिग : लिभरपुल दोस्रो स्थानमा उक्लियो, सलाहले गरे सुवारेजको कीर्तिमान बराबर



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुल दोस्रो स्थानमा उक्लियो, सलाहले गरे सुवारेजको कीर्तिमान बराबर

लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। शनिवार भएको खेलमा वेष्टहमलाई ४-१ ले पराजित गर्दै लिभरपुलले अंक तालिकामा म्यानचेष्टर युनाइटेडलाई १ अंकले पछि पारेको हो।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन एम्रे चान, रोवर्टो फिर्मिनो, मोहमद सलाह र साडियो मानेले एक-एक गोल गरे। वेष्टहमका लागि मिचेइल एन्टोनियोले एक गोल पर्काए।

सलाहले वेष्टहम विरुद्ध गोल गरेपछि एकै सिजनमा लुइस सुवारेजले गरेको ३१ गोलको कीर्तिमान बराबरी गरेका छन्। सन् २०१३-१४ को सिजनमा सुवारेजले ३७ खेल खेल्दै लिभरपुलका लागि ३१ गोल गरेका थिए।

जितपछि २८ खेलबाट ५७ अंक जोड्दै लिभरपुल दोस्रो स्थानमा उक्लेको छ। एक खेल कम खेलेको म्यानचेष्टर युनाइटेड ५६ अंकका साथ तेस्रो स्थानमा छ। यस्तै २७ खेलबाट ७२ अंक जोडेको म्यानचेष्टर सिटी शीर्ष स्थानमा आसिन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell