PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

ला लिगा : बार्सिलोनाको शानदार जितमा सुवारेजको ह्याट्रिक, मेसीको दुई गोल



पहिलोपोस्ट

ला लिगा : बार्सिलोनाको शानदार जितमा सुवारेजको ह्याट्रिक, मेसीको दुई गोल

लिग लिडर बार्सिलोनाले एक गोलले पछि परेको स्थिती उल्टाउँदै ला लिगामा गिरोनालाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि लुइस सुवारेजले ह्याट्रिक गरे भने लियोनल मेसीले दुई तथा फिलिप काउटिन्होले एक गोल गरे।

खेलको तेस्रो मिनेटमै क्रिस्टियन पोर्टुले गोल गर्दै भ्रमणकारी टोली गिरोनालाई अग्रता दिलाएका थिए। तर सुवारेजले १६औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे। त्यसपछि मेसीले ३०औँ र ३६औँ तथा सुवारेजले ४४औँ मिनेटमा गोल गरेपछि बार्साले पहिलो हाफमै ४-१ को अग्रता बनायो।

६६औँ मिनेटमा कउटिन्होले बार्साका लागि पाँचौ गोल गरे भने सुवारेजले ७६औँ मिनेटमा बार्साका लागि छैटौँ गोल गर्दै आफ्नो ह्याट्रिक पनि पुरा गरे।

गिरोना विरुद्ध गोल गरेसँगै मेसी ला लामा ३६ फरक क्बल विरुद्ध गोल गर्ने खेलाडी बनेका छन्। उनले राहुल र अरिट्ज अडुरिजले ३५ क्लब विरुद्ध गोल गर्दै बनाएको रेकर्ड ब्रेक गरे।

ला लिगामा यस सिजन मेसी २० गोलका साथ सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् भने १७ गोल गरेका सुवारेज दोस्रो स्थानमा छन्। यस्तै १६ गोल गरेका सेभियाका इगो असपास तेस्रो तथा रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोले १४ गोलका साथ चौथो स्थानमा छन्।

जितपछि २५ खेलबाट ६५ अंक जोडेको बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडमाथि १० अंकको अग्रता कायम गरेको छ। एक खेल कम खेलेको एथ्लेटिको को ५५ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell