
न्यूयोर्कः राष्ट्रसंघको सुरक्षा परिषदले सिरियामा एक महिना युद्धविराम सम्बन्धी प्रस्तावलार्इ अनुमोदन गरेको छ। पछिल्लो समय सिरियामा भड्किएको हिंसापछि मानवीय संकट बढ्दै गएको भन्दै द्वन्द्वग्रस्त क्षेत्रमा माननवीय सहायता सामाग्री र स्वास्थ्य सामाग्री पुर्याउनका लागि युद्भविरामको प्रस्ताव पारित गरिएको हो।
यद्पि प्रस्तावले विद्रोही पक्ष तथा जेहादी समूहलार्इ भने प्रभाव पार्ने छैन। प्रस्तावमा उनीहरूको समर्थन नहुँदासम्म यसको कार्यान्वयन हुनेमा अाशंका रहेको बीबीसीले जनाएको छ।
सिरियाको दामस्कसदेखि नजिक विद्रोही नियन्त्रित पूर्व गुटामा पछिल्लो समय सरकारी सेनाले हवार्इ अाक्रमणलार्इ तीब्रता दिएको थियो। सरकारी सेनाको हवार्इ अाक्रमणमा परी ५०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन्।
त्यस्तै गत अाइतबारबाट जारी अाक्रमणमा विद्रोहीले १६ जनाको हत्या गरेका छन्। प्रस्तावले यद्धविराम स्लामिक स्टेट (अाइएस), अलकायदा, नुस्रा फ्रन्टलार्इ छुँदैन।
रूसले प्रस्तावमा यी समूहलार्इ पनि समेट्नु पर्ने माग गरेको थियो। बिहीबार पेश भएको युद्धविरामको प्रस्ताव रुसले अस्वीकार गरेको थियो। रुसले सीरियाको सरकारलाई समर्थन गर्दै आएको छ।
राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले युद्भविराम तत्काल कार्यान्वयन हुनु पर्ने बताएकी छन्। रूसले भने युद्भमा संलग्न दुबै पक्षबीच सहमति नभर्इ युद्भविराम सम्भव नहुने बताएको छ।
'हामीलार्इ थाहा छ, सिरयामा मानवीय संकट छ, सिरियामा तत्काल अावश्यक सामाग्री पुर्याइनुपर्छ,' राष्ट्र संघका लागि रूसी प्रतिनिधिले भने, 'हाम्रो ध्यान पूर्वी गुटामा मात्र होइन पूरै सिरियामा हुनुपर्छ।'
सिरियन अब्जरभेटरी फर ह्युमनराइट्स (सोहर) ले गएको सातालार्इ रक्तपातपूर्ण साताको संज्ञा दिएको छ।
सात दिनको अवधिमा ५२० सर्वसाधारणको मृत्यु भएको र २ हजार ५०० भन्दा बढी सर्वसाधारण घाइते भएको सोहरले जनाएको छ। अाक्रमणमा १० स्वास्थ्य केन्द्र ध्वस्त भएका छन्।
घटनामा १२७ बालबालिका र ७५ महिलाको मृत्यु भएको छ।