काठमाडौँः नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ। बैठकमा संसदीय दलले अनुमोदन गरेको विधान पेश हुने एजेण्डा रहेको छ।
कांग्रेस संसदीय दलले शनिबार परिमार्जित विधान पारित गरेको थियो। केन्द्रीय समितिले विधान अनुमोदन गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्नेछ। प्रवक्ता विश्वप्रकाश शर्माले विधान पेश र अनुमाेदनको एजेण्डा रहेको बताए।
संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, तथा नेता प्रकाशमानसिंहको चर्चा छ।